
भैरहवा,२६ बैशाख । रुपन्देहीको ओमसतिया सम्पन्न उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि ््२ नम्बर वडा ले जितेको छ । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा वडा नम्बर २ ले वडा नम्बर ३ लाई २–० को सेटमा हराउँदै उपाधि रक्षा गरेको हो । उपाधिसँगै वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले ३० हजार रुपैयाँ, ट्रफी र पदक पायो । त्यसैगरि शुक्रवार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर १ ‘बी’ टिमले गाउँपालिका टिमलाई हराउँदै नगद १५ हजार, ट्रफी र पदक प्राप्त गर्यो । प्रतियोगितामा सर्बोत्कृस्ट खेलाडी घोषित हुँदै पुजा थारुले नगद ५ हजार प्राप्त गरिन् ।
विजेता र उपविजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव, उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, प्रशासन महाशाखा प्रमुख रुपा थापा राउत लगायतले नगद, ट्रफी र पदक प्रदान गरे । हाटीफर्साटिकरस्थित गाउँपालिका परिसरमा रहेको भलिबल मैदानमा सम्पन्न खेलमा ७ टिमको सहभागिता थियो ।