भारतको जम्मू कश्मिरमा ‘विष्फोटको खबर

  • काठमाडौ,२५ बैशाख ,भारतको जम्मू शहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मू विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसेको देखे।
    एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार विमानस्थलमा विस्फोट भएको थियो। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार बजारहरू बन्द थिए र उनीहरूले मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभरि बिजुली काटिएको देखेका छन्।बीबीसी संवाददाता दिव्या आर्यका अनुसार जम्मूका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र सम्पूर्ण शहरमा बिजुली आपूर्ति बन्द छ। कठुआका नागरिकहरूले दुई ठाउँमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बिजुली काटिएको छ। अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’, उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation