युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसद्धारा ३३ प्वाइण्ट रगत संकलन

  • बुटवल ,२५ बैशाख ।अंग्रेजी महिनाको ‘८ मे’ अर्थात् विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘खुल्ला रक्तदान कार्यक्रम’ क्याम्पस प्राङ्गणमा एक भव्य कार्यक्रमको विच सम्पन्न भयो । युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसको अध्यक्ष सुचना थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति युवा समाजसेवी सुशील गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले सदैव मानविय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण र पवित्र कार्य गरेको बताउनुभयो ।
    कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक जन्मजय गैरे, नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष तथा जिल्ला सदस्य राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर थापाले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । साथै कार्यक्रममा सि.न.पा. वडा नं. १ का जनप्रतिनिधी हरिमाया गुरुङ्ग, प्रहरी चौकी मेउडिहवाका प्रमुख खिम बहादुर खत्री, बेलहिया उपशाखाका सचिव माधव शर्मा, कोषाध्यक्ष पंकज उदास, समाजसेवी नन्द पुन, अस्मिता के.सी., अविचल जंग के.सी., गौरव थापा लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम मार्फत कुल ३३ प्वाइण्ट रगत संकलन गरिएको थियो भने कार्यक्रम संयोजक कश्मिला रानाकोे स्वागत तथा भुवन ओढको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation