धितोपत्र बोर्डमा अख्तियारको छापा

  • काठमाडौँ ,२४ बेशाख। नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।
    आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा हानेको हो । अख्तियारले बोर्डमा छापा हानेको नेपाल धितोपत्र बोर्ड उच्च स्रोतले पुष्टि गर्‍यो । बिहान ११ बजे अख्तियारका तीन जना अनुसन्धान अधिकृतहरु बोर्डमा पुगेका थिए । उनीहरुले साँझ ४ बजेसम्म बोर्डका उच्चस्तरका कर्मचारीहरुसँग सोधपुछ गरेको श्रोतले बतायो । अख्तियार स्रोतका अनुसार बुधबार छापा मारेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation