
बुटवल, २२ बैशाख – रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका
र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो ।
भगिनी सम्वन्ध स्थापना गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाको
सभाहलमा आयोजित कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका प्रमुख
भुपेन्द्रकुमार लावतीले हामी नेपालीले विकास निर्माणलाई मात्रै चासो दिने गरेको बताउँदै तर त्यो भन्दा पनि संस्कार, संस्कृति, भावना र आपसी सम्वन्ध बलियो बनाएर मन जोड्ने कुरा बढी महत्वपूर्ण हुने धारणा राखे । उनले विकास अस्थायी हुन सक्छ तर मन जोड्ने कुरा धेरै महत्वपूर्ण हुने भएकोले भगिनी सम्बन्धले आपसी सम्वन्धलाई अझै नजिक वनाउने विश्वास व्यक्त गरे ।
त्यसै गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन
मुसलमानले बुद्ध लुम्बिनीमा जन्मेको भएपनि भीड भने चीनमा लाग्ने गरेको बताउँदै चीन घुम्दा स्वर्ग पुगेको अनुभूति भएको बताए ।
उनले लुम्बिनीलाई चिटिक्क र सफा सहरको रूपमा विकास गर्न
आफूहरू लागिरहेको बताउँदै आईतबार दुई पालिकाबीच भएको भगिनी सम्वन्ध स्थापना सधै का लागि हुने बताए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सांस्कृतिक नगरको रूपमा देशको एकमात्रै पालिका लुम्बिनी सांस्कृतिक नगरपालिका रहेको बताउँदै लुम्बिनीको सांस्कृतिक पहिचान बढाउन आफूहरूले काम गरिरहेको बताइन । उनले प्रत्येक नेपालीले जीवनमा एकपटक लुम्बिनी टेक्ने वातावरण
वनाउन पर्नेमा जोड दिए । त्यसै गरी दई पालिकाबीच भएको भगिनी सम्बन्धको विषयमा लेटाङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले दई पालिकाबीच
१० वटा बँदामा सहकार्य गरि अघि बढ्ने सहमति भएको बताए । भगिनी सम्बन्ध स्थापना कार्यक्रममा दई पालिकाका
जनप्रतिनिधि, कर्मचारी लगायत लुम्बिनीका स्थानीय समाजसेवी, पत्रकारु लगायतको उपस्थिति रहेको थियो ।