लायन्सहरु द्वारा व्हिल चेयर वितरण

  • बुटवल,२० बैशाख । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मुक्तिनाथले अपाङता भएका दुइ जना महिला र पुरुषलाई एक र एक थान व्हिल चेयर वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि सैनामैना नगरपालिका १० सालझण्डि पानगाउँ निवासी सृजना सिन्जापति र भेष बहादुर राना लाई लायन्स इन्टरनेशनल ३२५ पि नेपालका जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ र लायन्स इन्टरनेशनल ३२५ पि नेपालका जिएमटि कोडिनेटर दिपक कुमार श्रेष्ठले व्हिल चेयर हस्तारण गरेका हुन ।


    हस्तारण कार्यक्रममा बोल्दै जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले लायन्स युवाहरु थोरै थोरै रकम जुटाएर सामाजिक कार्यमा अग्रसर रहेको बताए । गरिब बिपन्न बर्गलाई गरिने सहयोग सबैभन्दा ठुलो धर्म भएको उनले दाबी गरे ।सामाजिक सेवामा समर्पित लायन्स क्लबले लामो समयदेखि विश्वका अधिकांश मुलुकहरुमा मानवीय सेवाका कामहरु गर्दै आएको छ । फरक क्षमता भएका तर अवसर नपाएकाहरु लायन्सको प्रमुख प्राथामिकतामा रहेको जिएमटि कोडिनेटर दिपक कुमार श्रेष्ठले बताए । ‘हामी सेवा गर्छौं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स स्टार्सले समाज सेवा गर्ने नारालाई अघि सारेर काम गर्दै आएको क्लबका अध्यक्ष भुपेन्द्र अर्यालले बताए । तेस्तै कार्यक्रममा लायन्स क्लब अफ बुटवल मुक्तिनाथ का अध्यक्ष छवि लाल पाण्डेय, डिष्ट्रिक एडभाइजर लक्ष्मण रेग्मी, डिष्ट्रिक चिफ सुरेश चन्द भट्राई, रिजन चेयर पर्शन कृष्ण प्रसाद पान्डे जोनचेयपर्सन अन्जिल खान,लायन्स क्लब बुटवल मुक्तिनाथ का प्रथम उपाध्यक्ष तुल्सी राम पान्डे ,लायन्स स्टार्सका सदस्य अब्दुल सलामत र ई छविन्द्र भट्राइ लगाएत उपस्थीत रहेका थियो ।
    स्टार्सका संस्थापक सदस्य तथा कार्यक्रम संयोजक कमलेश कुमार कसौधन लगायतले सामाजिक कार्यमा आफुहरुको साथ रहने बताए ।
    लायन्स क्लब अफ मुक्तिनाथ सदस्य तथा कार्यक्रम संयोजक कल्याण घिमिरेको आफ्नो जन्मदिनको अवसरमा अन्त खर्च गर्नुभन्दा मानवीय सेवाका लागि सहयोग पु¥याउन र अरुलाई पनि सेवामा समर्पित हुन प्रेरित गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको घिमिरे बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation