१८ औं मनमोहन स्मृति वडास्तरीय फुटबल प्रतियोगिता शुरु

  • बुटवल, १८ बैशाख। १८औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ आज बाट शुरु भएको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गर्दै नगर खेलमय भएको दाबी गरेका छन । आज भएको उद्घाटन खेलमा वडा नं ६ ले वडा नं १६ लाई २-० गोल अन्तरले पराजित गरेको छ।
    सिदेश्वरी खेल मैदानमा भएको निक्कै प्रतिस्प्रधात्मक खेलको २६ औ मिनेटमा वडा नं ६ का आवेस शाहीले गोल गर्दै अग्रता दिलाएका थिए त्यतै वडा नं ६ का विलज पुन मगरले खेलको ५३ औं मिनेटमा गोल गरे । वडा नं ६ का विलज पुन मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएका छन ।
    कार्यक्रममा उपप्रमुख सवित्रादेवी अर्याल,नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, बुटवल उपमहानगर ईन्चार्ज गोपाल राना, भुमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नेकपा एमाले प्रदेश कमिटि सदस्य बाबुराम भट्टराई,नेकपा एमाले पार्टी जिल्ला सदस्य नहकुल शाही, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य केशव रोक्का, केन्द्रिय सदस्य बुद्घिराज थापा, कल्पना पाण्डे मगर, जिल्ला अध्यक्ष कृष्ण कुमाल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेलगाएत उपस्थीत रहेका थिए ।
    प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्र पाउने संयोजक राजेन्द्र थापाले बताए ।
    शुक्रबार बिहान ८ बजे वडा नं १० र १९ तथा साझ वडा नं ५ र १७ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation