राहत शिक्षकहरूले, सरकार-शिक्षकबिच ९ बुँदे सहमतिको स्वागत

  • काठमाडौँ, १८ बैशाख। बुधबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा विद्यालय कर्मचारीहरूले विरोध जनाइरहेका बेला राहत शिक्षकहरूले सहमतिको स्वागत गरेका हुन् ।
    नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले महासङ्घ र सरकारबिच भएको सम्झौता तथा शिक्षा ऐन जारी गर्ने सन्दर्भमा भएका लिखित प्रतिबद्धतालाई स्वागत गर्ने बताए ।
    त्यसका लागि बिहीबार (आज) समितिको बैठक बसेको थियो । बैठकले उक्त सहमतिलाई स्वागत गर्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐनमा आफूहरू आजैदेखि लबिङको कामलाई तीव्रता दिनुका साथै सबै राहत शिक्षकहरूलाई विद्यालय फर्कने निर्णय भएको अध्यक्ष धामीले बताए । स्थायित्वको लागि २०८० असोज १२ गते भएका सम्झौता अनुसार प्रबन्ध गर्न लबिङको कामलाई अगाडि बढाउने समेत निर्णय भएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation