
बुटवल, १३ बैशाख ।युनिभर्सल पब्लिक हाई स्कुलमा विद्यार्थीहरूको सङ्गठन युनिभर्सल विद्यार्थी साहित्य समाजले काव्य उत्सव कार्यक्रम सम्पन्न गरेको छ । साहित्यकार विजय सागरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ देखि कक्षा १० का विद्यार्थीहरूको सगभागिता रहेको थियो भने २५ जना विद्याहरूले आआफ्ना कविताहरू वाचन गरेका थिए । कविताहरूको समेत समीक्षा गरेका साहित्यकार विजय सागरले विद्यार्थीहरूको साधना र सिर्जना प्रशासनीय रहेको भन्दै विद्यालयहरूले यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई नियमितरूपमा सन्चालन गर्नुपर्ने बताउनु भयो । कक्षा १० की छात्रा गङ्गा घिमिरेको सन्चालन रहेको उक्त कार्यक्रमको सभाध्यक्ष कक्षा १० का छात्र सम्राट पोखरेलले गरेका थिए । उक्त कार्यक्रममा सहायक प्राचार्य सुरज घिमिरे ूदीपशिखाू ले स्वागत मनतव्यसहित बालगजलसमेत वाचन गरेका थिए । कार्क्रममा बोल्दै प्राचार्य गोकुल पोखरेलले विद्यालयले बालबालिकाहरूमा सिर्जनशीलताको विकास गर्न यस्ता कार्यक्रमहरूलाई जोड दिएको कुरा बताए । उक्त कार्यक्रममा पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित विद्यार्थीहरूलाई मुना पत्रीकाको वैशाख अंक प्रदान गरिएको थियो ।