लुम्बिनी कप महिला फुटबल: उपाधिका लागि विभागीय टोली भिड्दै

  • बाके १२, बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको फाइनल आज ३ बजे सुरु हुने भएको छ । लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताएका छन् । उनले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउदै नतिजा आफूहरुले जित्ने दाबी गरेकी हुन । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिएकी छिन । यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनिती बनाएर अगाडी बढ्ने उदघोष गरेका छन । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिएकै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै सुवेदीले भने ,“फुटबलमा नजिता जस्तो पनि आउन सक्छ ।
    प्रतियोगिताको विजेतालाई रु ५ लाख ५ हजार ५५५ र उपविजेतालाई रु २ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने मिडिया संयोजक निरज गौतमले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation