लुम्बिनी साँस्कृतिक नगरपालिकाले सहयोग गर्ने निर्णय

  • लुम्बिनी १० बैशाख– लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक÷एक लाख रूपैयाँ सहयोग गरेको छ । नगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकको निर्णय अनुसार काजकिरीया तथा अन्य कामका लागि मृतक
    परिवारलाई जनही एक÷एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।
    नगरपालिकाले एक सूचना जारी गरि मृतक बालकहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै
    परिवारप्रति समबेदना ब्यक्त गरको छ ।
    यसै गरी बेपत्ता बालकहरूको खोजी कार्यमा सहयोग पु¥याएको मा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका
    गरि ११ जनालाई नगरपालिकाले सम्मान समेत गरेको छ । दानव नदीमा बालकहरू बेपत्ता भएपछि
    खोजी गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको थियो । लुम्बिनी साँस्कृतिक
    नगरपालिका–२ अर्दौलीका स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजनको डुबे र मृत्यु भएको थियो ।
    उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो करिब साढे १२ बजे बेपत्ता भएका थिए ।
    सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटको समन्वयमा बाँके को गोताखोर टिमले खोजी गरेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation