
बुटवल ६ बैशाख । रुपन्देही बुटवल उपमहानगरपालीका बुद्धनगरमा आज एक युवती माथि गोली प्रहार भएको छ। बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथि गोली प्रहार भएको हो ।
उनको कम्मर माथि गोली लागेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगर बस्ने बिष्ट माथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । केहि दिनअघि एकजना भारतीय युवकसँग विवाद भएको जनाउँदै स्थानीय प्रत्यक्षदर्शीले भारतीय युवकले नै गोली हानेको हुनसक्ने आशंका गरेको बताए ।गोली प्रहारमा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ।