
काठमाडौं ५ बैशाख। निजामती कर्मचारीका विभिन्न संघ तथा संगठनले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग गर्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिका समितिका सभापति रामहरि खतिवडालाई आज ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापन पत्रमा सरकारले कर्मचारी संगठनहरुबीच यसअघि भएका सहमति र अदालतको आदेश कार्यान्वयन गर्न माग गरिएको छ।
संघीय ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा फसेको कर्मचारीहरुको भनाइ छ।