यु.सि.यम.यस. भैरहवामा ‘आधारभुत जीवन सहायता तथा स्वासप्रस्वास व्यवस्थापन’ सम्बन्धी कार्यशाला सम्पन्न

  • भैरहवा ,३१ चैत ।  यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘एनेस्थेसिया तथा सघन उपचार विभाग’को आयोजनामा एक दिने आधारभुत जीवन सहायता (Basic Life Support) तथा स्वासप्रस्वास व्यवस्थापन (Airway Management) अन्तर्गत कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर कुनै व्यक्ति अचानक अचेत हुँदा ती व्यक्तिको जीवन बचाउन तत्काललाई गर्नुपर्ने स्वास्थ्य उपचार र सुरक्षित रुपमा अस्पतालसम्म कसरी पुर्याउन सकिन्छ भनेर आवश्यक विधिको बारेमा ज्ञान दिइएको थियो ।
    यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका प्राचार्य तथा एनेस्थेसिया तथा सघन उपचार विभागका विभागिय प्रमुख प्रा.डा.लक्ष्मी पाठकको सभापतित्वमा सम्पन्न कार्यशालामा एनेस्थेसिया विशेषज्ञ डा.विजय यादव, डा.आनन्द कुमार अग्रहरी, डा.मृगेन्द्र पोड्याल र डा केशव अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो

    । यसैगरी एनेस्थेसिया विभाग अन्तर्गतका आवासिय चिकित्सकहरु डा.स्वस्तिका अधिकारी, डा.मिक्की कौशल्या, डा.आशिष रेग्मी र डा.सौरभ मिश्राले कार्यशालाको व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेको थियो ।
    कार्यशालामा सहभागीहरुले व्यक्तिगत रुपमा ‘मेडिकल मेनिकिन’मा सिक्नुका साथै पावर प्वाइन्ट तथा मिडिया प्रस्तुति, व्यवहारिक रुपमै सिकाई, तालिम अघि र तालिम पश्चात् मुल्याङ्कन विधिद्धारा परिक्षार्थीको जाँच गरिएको थियो । कुल ३६ जना सहभागी रहेको कार्यशालामा यु.सि.यम.यस., शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुका अतिरिक्त सिद्धार्थ सिटी अस्पताल र माक्स अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहेको थियो । कार्यशालामा सहभागी सबै परिक्षार्थीहरु सहभागिताका साथै पूर्णरुपमा उत्तीर्ण भए पश्चात् प्रमाणपत्र पनि प्रदान गरिएको प्रा.डा.लक्ष्मी पाठकले बताउनुभयो ।

    सहभागी स्वास्थ्यकर्मी दिलीप जैसवालले अत्यन्त व्यवस्थित वातावरणमा सम्पन्न कार्यशाला मार्फत जीवनउपयोगी ज्ञान हासिल गरेको र यस्ता कार्यशाला भोलिका दिनमा पनि निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation