
बुटवल, ३० चैत । बुटवलमा भएको प्रिती प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता २०८१ ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलबस्तुलाई १-० गोल अन्तरले हराउदै उपाधि जितेको हो ।
निकै प्रतिष्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. २ कि यशोदा शाहीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । एक शुन्य गोलले पछाडी परेको राईजिङ स्टारले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकि थिइन । प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र र उपविजेता राईजिङ स्टार क्लब, कपिलबस्तुले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्लबकि यशोदा शाही भइन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं। कि सिमरन राई भइन । उनले नगद २५ हजार तथा मेडल प्राप्त गरिन । यसैगरि उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब, कपिलबस्तुकि सुनयना चौधरी, वेष्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकि पूर्णिमा राई, वेष्ट डिफेन्ड राइजिङ स्टारकि धाना बोहोरा, उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनहि १० हजार नगद तथा कप प्राप्त गरे । विजेता तथा उपविजेता टिमलाई कप, मेडल, प्रमाणपत्र बुटवल उप महानगरपालिकाकि उप प्रमुख सावित्रादेवि अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धिबहादुर दर्जी लगायतले प्रदान गरे ।
एशियन थाई फुट प्रालिको(प्रिती)मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगतामा आयोजक बिस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, विरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारत सहित ८ टिमको सहभागीता रहेको थियो ।