सिएनआइवाइइएफ को अन्तरक्रियामा युवाहरूलाई देशमै बस्न उद्योग गर्ने वातावरण बनाउनुपर्नेमा जोड

  • बुटवल, २८ चैत । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया बुटवलमा गरेको छ ।
    बुटवलमा आयोजित कार्यक्रमा पूर्व बजेट छलफलमा युवा उद्यमीहरूले युवाहरूलाई देशमै बस्न उद्योग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले स्वदेशी उद्योगहरूलाई प्रवद्र्धन र प्रोत्साहन गर्न नीति बजेटले लिनुपर्ने बताए । त्यसका लागि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर फरक गरिनुपर्ने, मझौला कर कार्यालयहरू विकेन्द्रीकरण गरिनुपर्ने, कर तिरेको आधारमा सामाजिक सुरक्षा भए करको दायरामा सहभागीता बढ्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्योगहरूसँग जोड्न उनीहरूले आग्रह गरेका छन् । युवा उद्यमीहरूले उधारोका कारण आफूहरू निकै समस्या परेको बताए । उधारोकै कारण उद्योग बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको समेत उनीहरूले बताए ।
    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले उद्यमशिलता प्रबद्र्धन गर्न सरकारले बनाएको स्टार्टअप कोष युवामा मात्रै केन्द्रित हुनुपर्ने बताए ।
    नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा उद्यमीहरूले दिएको सुझाव उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुझाइने बताए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation