असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

  • काठमाडौँ,२७ चैत। गृहमन्त्री रमेश लेखकले मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरूसितको भर्चुअल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसित जोडिएको धारणा राखेका हुन् ।
    “ सेवा प्रवाहको विषय असल बचनसित पनि जोडिएको हुन्छ ।” गृहमन्त्री लेखकले भने(“सेवाग्राहीहरूसित असल व्यवहार, नम्र र शिष्ट रूपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन ।”
    उनले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधारको अभावका बिच पनि काम गर्नुपरेको बताए ।
    “ सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुपर्छ ।” उनले भने(“अरूको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।
    कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उनले सेवा प्रवाह सुधारका साथै हेल्प डेष्क र टोकन प्रणाली लागू गर्नेमा जोड दिनुहोला ।”
    सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनु आजको आवश्यकता रहेको मन्त्री लेखकको भनाई थियो ।
    बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले धारणा राखेका थिए

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation