बुटवल उद्योग बाणिज्य संघ ईलेक्टोनिक्स बस्तुगत समितिको शुभकामना आदान प्रदान

  • बुटवल,२७ चैत । बुटवल उद्योग बाणिज्य संघ ईलेक्टोनिक्स बस्तुगत समितिको आयोजानमा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ बर्षको क्यालेन्डर विमोचन गरिएको छ । संघमा समितिका सभापत शुसिल प्रसाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका सभापती हरि प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्राई, बाणिज्य उपाध्यक्ष विमलराज भट्राई, महासचिव मुक्ती अधिकारी, कोषाध्यक्ष बसन्त प्रसाद ढकाल, सह कोषाध्यक्ष धनकुमारी खनाल लगायतले शुभकामना दिएका थिए । उप समितिका उप सभापती नारायण रायमाझीले स्वागत मन्तव्य राखेको कार्यक्रममा व्यवसायीको तर्फबाट मदन भण्डारी, महेन्द्र प्रसाल श्रेष्ठले मन्तव्य राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation