शिक्षक आन्दोलनमा प्याब्सन र एनप्याब्सनको ऐक्यबद्धता

  • काठमाडौं २६ चैत, । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलनप्रति मंगलबार प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको ऐक्यबद्धता जनाएका हुन्
    ‘नयाँ शैक्षिक शत्र प्रारम्भ भइरहेको वर्तमान अवस्थामा, शिक्षण(सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकार र सरोकारवाला पक्ष जिम्‍मेवार भई प्रस्तुत हुन हामी जोडदार माग गर्दछौं।’ प्याबसनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याबसनका अध्यक्ष सुवाष न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्तै विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न प्याबसन एन प्याबसनको माग छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation