
बुटवल, २६ चैत । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२५/०२६ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा राजन जिसि निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष जिसिले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि अनुरोध गरेका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा ढकेश्वर भट्टराई ,द्वितीय उपाध्यक्षमा रामबहादुर शाही ,तृतीय उपाध्यक्षमा अब्दुल सलामत ,सचिवमा पिताम्बर अर्याल, कोषाध्यक्षमा मानबहादुर श्रेष्ठ, इलेक्ट पी.आर.ओ विश्वदिपक नेपाल, सह–सचिवमा छविन्द्र भट्टराई, सह–कोषाध्यक्षमा हरी पोखरेल केसी निर्वाचित भएका हुन् ।
त्यस्तै निर्देशकहरु प्रदिप भट्टराई, कृष्ण जिसि,रवि भट्टराई ,सुरज थापा, रुक्मागत पाण्डे ,टेल ट्वीस्टरमा नविन पन्थी ,टेमरमा घश्याम पाण्डे निर्वाचित भएको निर्वाचन आयुक्त रिन्कु लिगले जानकारी दिए ।