नेपाल मोवाईल वितरण संघ केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा बुटवलका पोखरेल निर्वाचित

  • बुटवल,२५ चैत । नेपाल मोबाईल वितरक संघ केन्द्रीय समितिको तेस्रो महाधिवेसन सम्पन्न भएको छ । महाधिवेसन बाट रघु त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । १५ सदस्यी कार्यसमितिमा नेपालभरबाट व्यवसायीहरुको प्रतिनिधीत्व रहेको थियो । देशभर रहेका मोवाईल डिलर्सहरुबाट नयाँ समिति गठन गरिएको हो । गठन गरिएको नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा बुटवलका हरि पोखरेल के सी निर्वाचित भएका छन् । नेपाल मोबाईल वितरण संघ लुम्बिनीका अध्यक्ष समेत रहेका पोखरेल केन्द्रीय कमिटिको बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation