बुटवल हस्पिटल प्रा लि द्धारा ६४ युनिट रक्तदान

  • बुटवल २५ चैत्र । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा लि
    ले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला
    हस्पिटल प्रा लि ले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।
    रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत
    संकलन भएको छ ।

    बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो
    वार्षिक कार्यक्रम अुनशार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका
    चिकित्सकहरु, नर्सिङ स्टाफहरु,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु,
    सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, विरामीका
    आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा
    सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद
    पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको सन्द्रभ पारेर रक्तदान
    कार्यक्रम गरिएको बताउनु भयो । उहांले रगतदान गरेमा अर्को एक जना
    बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाका बिकास गर्नका लागि पनि हस्पिटलले
    रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताउनु भयो ।
    एक सय शैया
    संचालनमा रहेको बुटवल हस्पिटल प्रा लिले रक्तसंचार केन्द्र बुटवलको
    प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डा
    कृष्ण प्रसाद खनालले बताउनु भयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation