शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानरपालिका प्रमुख पाण्डेको आग्रह

  • बुटवल, २५ चैत । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले हाल आन्दोलरत शिक्षकको जायज माग पुरा गरी कार्यस्थलमा फकर्ने वातावरण निर्माण गर्न सरकारसंग आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गरी नगर प्रमुख पाण्डेयले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूका मागहरू समावेश नभएको, शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले २०८१ चैत्र २० गते देखि काठमाण्डौ केन्द्रि आन्दोलन गर्दै आएकोले यसबाट बुटवल उपमहानगरपालिका भित्रका विद्यालयहरूको शैक्षिक शत्र २०८१ नतिजा प्रकाशन, शैक्षिक शत्र २०८२ को भर्ना अभियान लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएको उल्लेख गर्दै शिक्षकको मागलाई यथाशिघ्र सम्बोधन गर्न माग गरेका हुन ।
    बुटवल उपमहानगरपालिकाले सरकारलाई शिक्षकहरूको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउन विगतमा नेपाल शिक्षक महासंघसँग भएका सम्झौताहरूलाई कार्यान्वयन गरी शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने,शिक्षकहरूका मागहरूलाई समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षकहरूको स्थायित्व, सेवा सुविधा र आत्मसम्मान कायम राख्न उपयुक्त नीति तथा वातावरण निर्माण गर्नुपर्ने कुरामा ध्यानाकर्षण समेत गराएको छ ।
    विज्ञप्तीमा नगर प्रमुख पाण्डेले भनेका छन्–‘शिक्षकहरूका मागहरूको उचित सम्बोधनले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूको पठनपाठनमा अपेक्षित सुधार हुने हाम्रो विश्वास छ । हामी नेपाल सरकारलाई यो समस्याको समाधान गरी शिक्षकहरूले आफ्नो कर्मथलोमा फर्कन सक्ने वातावरण बनाउन हार्दिक अनुरोध गर्दछौं ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation