
भैरहवा,२५ चैत ।भैरहवामा पहिलोपटक सिद्धार्थनगर कला साहित्य महोत्सव २०८१ हुने भएको छ । प्रश्रित प्रतिष्ठान नेपालले आयोजना गर्ने महोत्सव यही चैत्र ३० गते शनिबार हुने भएको हो ।
सिद्धार्थनगर नगर क्षेत्रको कला र साहित्यको प्रवद्र्धन गर्दै भैरहवा क्षेत्रका कलाकार र साहित्यस्रष्टाहरूलाई प्रोत्साहित गरी सामाजिक संस्कृतिक रूपान्तरणमा मलजल गर्ने उद्देश्यले भैरहवामा सिद्धार्थनगर कला साहित्य महोत्सव गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा कपिल लामिछानेले बताए ।
कार्यक्रममा बहुभाषी कविगोष्ठी, पुस्तक लोकार्पण तथा समीक्षा, कला साहित्यमा लगानी आवश्यकता र औचित्य विषयमा विज्ञ बहस, अन्तर्विद्यालय कविता प्रतियोगिता, चित्रकला र पुस्तक प्रदर्शनी कार्यक्रम हुने आयोजकले जनाएका छन् ।