
बुटवल ,२३ चैत । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ को आयोजना र समृद्धि सामुदायिक विकास सेवा केन्द्र रूपन्देहीको सहजीकरणमा चार दिने महिला दलित महिला बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण गर्ने सन्दर्भमा अधिकार नेतृत्व विकास सकारात्मक सोच जीवन उपयोगी सीप सहितका विषयवस्तुहरू एकीकृत गरेर अभिमुखीकरण सम्पन्न भएको छ। २०८१ साल १२ महिना १९ गते वडा अध्यक्ष श्री चन्द्रमान चौधरीज्यूको प्रमुख आतित्यतामा एवं वडा सदस्य मुनेश्वरी थारुनी को अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न गरिएको थियो। अभिमुखीकरणको सहजीकरण प्रशिक्षकहरू क्रमश माधव सापकोटा सरस्वती आचार्य लता खड्का पार्वती न्यौपाने अम्बिका परियार ले गर्नुभएको थियो। उद्घाटन सत्रमा वडा सचिव श्री हिरालाल भुसालले स्वागत मन्तव्य व्यक्त गर्दै वडा नम्बर ५ ले सबै वर्ग र तह तप्काका लागि विभिन्न प्रकृतिका कार्यक्रमहरू तय गरेर सशक्तिकरण गरिरहेको बताउनुभयो उद्घाटन क्षेत्रका प्रमुख अतिथि एवं समापन समारोहका समेत प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष श्री चन्द्रमान चौधरी ज्यूले भौतिक विकासको साथसाथै मानवीय विकासमा जोड दिइएको र प्रथम त वडा नम्बर ५ का नागरिकहरु मानसिक रुपमा सक्षम बनाउने गरी वडाका कार्यक्रमहरु निर्देशित गरिएको बताउनुभयो कार्यक्रममा १७० भन्दा बढी सहभागीहरू चरणबद्ध रुपमा सहभागी भएका थिए। सहभागीहरूले प्रशिक्षण कार्यक्रम अत्यन्तै जीवन उपयोगी भएको र आफ्नो जीवनलाई बुझ्ने र काम गर्ने सोचमा सकारात्मक परिवर्तन ल्याउन प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गरेका छन्।