
बुटवल ,२३ चैत । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान एवम भित्तेपात्रो बिमोचन कार्यक्रमको आयोजना गरेको छ ।
कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला सभापती तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी खाणले भित्तेपात्रो विमोचन गर्दै आफ्ना खाकाँ कोर्नुका साथै संस्थालाई आर्थिक चलायमान बनाउन सहज हुने बताएका थिए । प्रदेशका ऐनमा सरकारले विशेष चासोका साथ तत्काल पारित गर्नुपर्ने,शिक्षकका समस्या तत्काल समाधान गर्नुपर्ने बताए । कर्मचारी युनियन र कांग्रेस एक अर्काका दुई पाटा रहेको बताउँदै एक बलियो हुदा अर्को स्वत बलियो रहने बताए ।
अध्यक्ष चक्रपाणी पाण्डेले नयाँ बर्ष २०८२ को शुभकामना व्यक्त गर्दै कर्मचारी संघीय कर्मचारी ऐन, प्रदेश निजामती सेवा नियमावली र स्थानिय तह नियमावली कर्मचारीको आन्दोलन बिना बि.स.२०८२ सालमा लागू हुने अपेक्षा राखेका थिए । उनले ऐन पारीत नहुँदा निकै दुख भएको व्यक्त गरे । साथै ऐन पारित भएपछी कर्मचारी साथिहरु खुशी हुने र कार्यसम्पादनमा पनि निकै अग्रसर भएर लाग्ने बताए । साथै उनले तथ्यांक अनुसार नेपालभर बाट सवै भन्दा बढी सदस्य बनाउन सफल भएकोमा सम्पुर्ण कर्मचारीलाई साथ सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । अन्त्यमा उनले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरु ले जनताको सेवालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा स्वास्थ्यकर्मी संघ सैनामैनाका इकाई अध्यक्ष कमल प्रसाद पोखरेल , स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्याल , सिबिएका जिल्ला उपाध्यक्ष भोजराज न्यौपाने ,ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष राम प्रसाद ढकाल ,कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था रुपन्देहीका अध्यक्ष इश्वरी प्रसाद आचार्य , निजामती कर्मचारी युनियनका प्रदेश सचिब भगवती पन्थी , नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश अध्यक्ष महेस्वर लम्साल , निजामती युनियनका प्रदेश सल्लाहकार शिव कुमार पंगेनी,नेल्टाका केन्द्रीय सदस्य ऐस्वरी आचार्य ,स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य हिमाल खनाल ,मदन पोखरेल , कर्मचारी युनियनका केन्द्रीय सदस्य नबिन पन्थी, केन्द्रीय सदस्य हरी प्रसाद ज्ञवाली लगायतले संबोधन गर्दै जिल्ला कार्यसमितिले देखाएको सक्रियताको प्रशंसा गर्दै देशभरमा सवै भन्दा बढी सदस्य बनाउन सफल भएकोमा अध्यक्ष लगायत समस्त कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै सरकारले संघीय निजामती कर्मचारी ऐन अध्याधेशबाट भएपनी ल्याउन आवस्यक रहेको बताएका थिए ।तस्तै जिल्ला उपाध्यक्ष टेकराज पन्थीको शुभकामना मन्तव्य बाट सुरु भएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिब बालकृष्ण कंडेलले गरेका थिए ।