मणिमुकुन्दमा विदाई तथा शुभकामना कार्यक्रम

  • बुटवल,  चैत ।

    बुटवल–११ योगिकुटी कालिकानगरमा रहेको मणिमुकुन्द माध्यमिक विद्यालयमा विदाई तथा शुभकामना कार्यक्रम भएको छ । मणिमुकुन्दको कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ को बार्षिक परीक्षाको तयारीमा रहेका विज्ञान र ब्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई, सम्मान तथा उच्च शिक्षाकालागि शुभकामना कार्यक्रम गरेका हुन् ।

    मणिमुकुन्दको कक्षा ११ का विद्यार्थीहरुको समुह एम.ए.एस.एस र एम.एस.सी.सी समुहको आयोजनामा भएको कार्यक्रममा १२ को बार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई विदाई, सम्मान तथा शुभकामना कार्यक्रम गरिएको हो । कक्षा ११ का विद्यार्थी तथा एम.ए.एस.एसका उपाध्यक्ष भुवन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले उच्च शिक्षाकालागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई शुभकामना दिदै लगन र मेहनका साथ अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले शैक्षिक सफलता र लक्ष्य प्राप्तीकालागि विद्यार्थीमा अनुशासन र लगन अत्यन्त आवश्यक पर्ने उल्लेख गर्दै मणिमुकुन्द विद्यालयले विद्यार्थीलाई लगन मेहनत र अनुशासित बन्न सिकाएको बताउनुभयो ।

    कार्यक्रममा विद्यालयका सहप्राचार्य दिवाकर खनाल, मणिमुकुन्द मावि ब्यवस्थापन समिति सदस्य डा. अनन्तगोपाल सिंह, उमापति न्यौपाने, मावि कोर्डिनेटर हरिप्रसाद पौड्याल, विज्ञान संकाय संयोजक लक्ष्मण गैरे, ब्यवस्थापन समिति संयोजक पशुपति चौधरी, एम.एस.सी.सीका उपाध्यक्ष सृजन ढकाल, विद्यार्थी आयुश कार्की, काजल खत्रीलगायतले १२ कक्षाको परीक्षाको तयारीमा रहेका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिनु भएको थियो । विद्यार्थी अन्शु भारती र रविन आचार्यको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले आआफ्ना सांस्कृतीक प्रस्तुतीहरु देखाएका थिए भने उत्कृट कार्य सम्पादन गरेका केही विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation