करिब ८ लाख ९९ हजार  रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा

  • महोत्तरी १९ चैत। मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
    भारतबाट अवैध रुपले भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको ब्याग, टोपी, बेल्ट, चस्मा, घडीलगायत फेन्सी सामानको बिलबिजक नभेटिएपछि गाडी नियन्त्रणमा लिइएको उनले बताए ।
    बरामद सामान र गाडीको भन्सार दाखिला मूल्य १८ लाखसहित जम्मा मूल्य २६ लाख ९९ हजार ८ सय ९० रुपैयाँ कायम गरी जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाइएको पनि उनले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation