
बुटवल ,१९ चैत । ‘समानता न्याय र समावेशीकरण’ भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्गता संगठन नेपाल रुपन्देहीको तेस्रो जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनबाट योगमाया कडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
नयाँ गठन गरिएको समितिको उपाध्यक्षमा पिताम्बर लम्साल, सविचवमा निलकण्ड पाण्डे, सह समिवाा विष्णु कुमारी घिमिरे, कोषाध्यक्षमा ओम बहादुर सिंह चयन भएका छन् ।
यस्तै सदस्यहरुमा हरि खनाल, माधव प्रसाद थारु, खेम प्रसाद गौतम, कान्ति पौडेल चयन भएका हुन । सम्मेलन बालकृष्ण मरासीनीको अयक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश समिति सदस्य सावित्रा घिमिरे, जिल्ला कमिटि सदस्इ पारेश्वर ढकाल, राष्ट्रिय अपाङ्गता संगठन नेपालका केन्द्र्रीय सदस्य शिवकुमार ज्ञवाली, कृष्ण बहादुर जिसी को विशेष आतिथ्ययतामा सम्पन्न भएको हो । कार्यक्रममा ६० जना भन्दा बढि व्याक्तिहरुको सहभागीता रहेको थियो ।