मिडिया कप ग्लोबललाई, कर्पोरेट कप उपाधी ईन्जिनियर्स एशोसिएशनलाई

  • बुटवल, चैत ।  नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजानमा भएको मिडिया कप फुटसल प्रतियोगीताको उपाधी ग्लोबल आवाज डटकमले र कर्पोरेट कप को उपाधी नेपाल ईन्जीनियर्स एशोसीयसन लुम्बिनीले जितेको छ । नेपाल ईन्जिनियर्स एशोसियसनले शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ६–१ गोल तथा ग्लोबल आवाजले बुद्ध टिभीलाई ८–२ को फराकिलो गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो।


    मिडिया कपतर्फ विजेताले नगद १७ हजार ७७७ र उपविजेता बुद्ध टिभी नगद ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, गर्जन पोष्टका बिनोद खनाल उत्कृष्ट गोलरक्षक तथा ग्लोबल आवाजका ईन्द्र खत्री सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए । यसैगरी कर्पोरेट तर्फ विजेता एशोसियसन नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने शंकरनगर खानेपानी भने नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।


    प्रतियोगितामा शंकरनगर खानेपानीका कुल बहादुर भण्डारी सर्वोत्कृष्ट खेलाडी, एशोसियनका शिव प्रसाद तिवारी उत्कृष्ट गोल रक्षक तथा एशोसियनकै प्रविन सापकोटा सर्वाधिक गोलकर्ता घोषित हुदै पुरस्कृत भए । विजेता समुहलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, महासंघका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार प्रदान गरेका थिए ।


    प्रतियोगितामा कर्पोरेट कप अन्तरगत २२ वटा समुह तथा मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले बताए । यस्तै सञ्चारिक समूह रुपन्देही र डब्लुडब्लुजे बीच भएको मैत्रीपूर्ण खेल संचारीका समूहले जितेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनालले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation