
बुटवल, चैत ।
शंकरनगर वनबाटिकामा नयाँ एड्भेन्चरको सुरुवात भएको छ । द थ्रिल एड्भेञ्चर प्रालिले ४ वटा शाहसिक खेल को शुभारम्भ गरेको हो । दुई करोड २५ लाख लागतमा निर्माण भएको संरचनामा जीपलाईन, स्काई साईकिलिङ्ग, ग्यान्ट स्वीङ्ग(पिङ्ग) र ¥याप्ललिङ्ग सहितका सेवा प्रदान गरिने भएको छ । उक्त संरचनाको शुभारम्भ गर्दै तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँणले वनबाटिकामा निर्माण भएका संरचनाले थप आर्कषण प्रदान गर्ने बताएका थिए ।पालिकाले यी र यस्ता शाहसिक खेलको प्रर्वद्धनको लागि सधै तयार रहेको भन्दै उनले जसले पर्यटन तान्नमा महत्पूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा बोल्दै आन्सिमन्टि ईन्टरनेशनलका लेखनाथ न्यौपानेले साहरिक खेलमा आझै थप गर्ने गरी दीर्घकालीन रुपमा समेत संकरनगर वन बाटिलाई लाई आर्कषणको केन्द्र बनाउने बताएका थिए ।
द थ्री एड्भेन्चर प्रालिका सिईयो प्रकाश ज्ञवालीले अनुसार अहिले निर्माण भएका ४ वटा खेल संगै थप ६ वटा थप्ने योजना रहेको जाकारी दिए । उनका अनुसार निकट भविश्यमा नै स्काई वाक, ह्याङ्गीङ्ग क्याफे, पोखरी निर्माण गरी बोटिङ्ग, संसारकै सबैभन्दा अग्लो बन्जी स्टेशन, फिस टनेल लगायतका संरचना निर्माण गरिने जानकारी दिए । द थ्रिल एड्भेन्चर प्रालिका ५ जना सञ्चालकहरु रहेका छन् । घनश्याम पाण्डे, रवि भट्टराई सुरज गौतमर चन्द्रकान्तपाण्डे रहेका छन् ।
उक्त संरचना निर्माणको लागि संकरनगर वन विहार तथा अनुसन्धान केन्द्रसंग प्रति महिना ६५ हजार ५ सय रुपैयाँ तिर्ने गरी थ्रिल एडभेन्चरले सम्झौता गरेको छ । निर्माण गरिएको संरचन शुभारम्भ चैत १८ गते बाट भएपनि यसको ग्रान्ड ओपनिङ्ग बैशाख ३ गते गर्ने योजना समेत बनाइएको सञ्चालक रवि भट्राईले जानकारी दिए । उनका अनुसार शुभारम्भ उत्सवको अवसरमा सेवा लिन आउने ग्राहकलाई विशेष छुट समेत प्रदान गरिएको छ । साईकिलिङ्गको र जीपलाईनको लागि लागि ३५०, पिङ्गको लागि २०० र ¥याप्लीङ्गको लािग मात्रै १०० रुपैयाँ व्यवस्था गरिएको हो । उक्त एड्भेन्चर प्रालिमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।पर्वतको कुस्मामा रहेको द क्लीपको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको उक्त संरचना मापदण्ड अनुसार र पूर्णरुपमा सुरक्षित समेत रहेको दावि कम्पनीको छ । उक्त एड्भेन्चरमा सहभागी गर्ने जुन सुकै व्याक्तिको बीमा समेत गरिएको छ ।