नयाँगाउँ रानीगाउँ समाजद्धारा नगद सहयोग हस्तान्तरण

  • भैरहवा १७ चैत । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजद्धारा युसीयमयस शिक्षण अस्पताल, भैरहवामा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं। १, नयाँगाउँ निवासी वर्ष ४८ का अर्जुन थापालाई नगद सहयोग गरेको छ । यहि २०८१ चैत्र १३ गते एक्कासी मस्तिष्कघात भई मेडिकल कलेजमा अचेत अवस्थामा सघन उपचार कक्षमा उपचाररत रहेको छ । थापाका श्रीमति चन्द्रकला थापालाई समाजका अध्यक्ष याम बहादुर थापा ‘माइला’ले नगद १ लाख ७ हजार ८ सय २५ रुपैया हस्तान्तरण गरिएको थियो । समाजका अध्यक्ष थापाले सो रकमबाट केही भए पनि परिवारलाई उपचारमा सहयोग होस् र निज पहिलाको अवस्थामा नै फर्कन सकोस् भन्ने उद्धेश्यले सहयोग गरिएको बताए ।
    सो नगद हस्तान्तरण कार्यक्रममा युवा समाजसेवी सुशील गुरुङ्ग, जनप्रतिनिधी अनिल कुमार के।सी।, समाजका सचिव नन्द कुमार राना, कोषाध्यक्ष जितेन्द्र गुरुङ्ग, राम बहादुर थापा, राजु गुरुङ्ग, अनिल थापा, रोशन गुरुङ्ग, रवि गुरुङ्ग, गोपाल उपाध्याय लगायतका उपस्थिति रहेको थियो । समाजले सो रकम गाउँघरमा घरदैलो कार्यक्रमका साथै विदेशबाट समेत शुभेच्छुकहरुबाट संकलन गरेको समाजका सचिव नन्द कुमार रानाले जानकारी लिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation