
बुटवल चैत । बुटवल मिलन चौकमा रहेको रहेको स्टेलर इन्टरनेशनल एजुकेशन आयोजनामा ग्रान्ड प्रीमियर तथा एजुकेशन एक्स्पो आयोजना हुने भएको छ । उच्च शिक्षाको लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी एजुकेशन एक्स्पो आयोजना गर्न लागिएको स्टेलर एजुकेशन बुटवलका म्यानेजिङ्ग डाईरेक्टर सुर्य रिजालले जानकारी दिए । स्टेलर इन्टरनेशनल एजुकेशन र आरबीएस इन्टेलेक्ट नेपालले संयुक्त रूपमा एजुकेशन एक्सपो आयोजना हुन लागेको हो ।
एक्सपोमा स्टेलर इन्टरनेशनल एजुकेशन तथा आरबीएस इन्टेलेक्ट नेपालका प्रबन्ध निर्देशक सुदिप के.सी., सहित न्यूजिल्यान्डका पूर्व–इमिग्रेशन अफिसर जनवी सहस्रबुद्ध, लिन्कन विश्वविद्यालयकी अन्तर्राष्ट्रिय निर्देशक एनी गोह ले विशेष सहजीकरण गर्ने छन् ।
आईतबार विहान ११ बजे बाट सुरु हुने एक्स्पोमा विद्यार्थीले प्रत्यक्ष अन्तरक्रिया , शैक्षिक परामर्श,विदेश अध्ययनका अवसरहरू, न्यूजÞिल्यान्ड, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायतका देशहरूमा अध्ययन गर्ने अवसरबारे विस्तृत जानकारी प्राप्त गर्न सक्ने छन् । यस एक्स्पोमा लिन्कन युनिभर्सिटी, युनिभर्सिटी अफ ब्राडफोर्ड, वेब्स्टर युनिभर्सिटी, युनिभर्सिटी अफ तस्मानिया लगायतका थुप्रै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू सहभागी हुँदैछन् ।
मार्च ३० देखि अप्रिल ३० सम्म अफिस भिजीट गर्नेहरुलाई ३३ प्रतिशत छुटको समेत व्यवस्था गरिएको स्टेलर इन्टरनेशनल एजुकेशन वा आरबीएस इन्टेलेक्ट नेपाल बुटवलका म्यानेजिङ्ग डाईरेक्टर सुर्य रिजालले जानकारी दिए ।