पत्रकार ‘हत्या’को विरोधमा महासंघको देशव्यापी प्रर्दशन, विरोध सभा

  • बुटवल, चैत । काठमाण्डौमा शुक्रबार राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र देशभरका शाखाले शशक्त विरोध गरेका छन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत पत्रकार शुरेस रजककोे काठमाण्डांैंमा आगोमा अत्यासीएर   मृत्यु भएपछि देशभरका पत्रकारहरुले शोक मनाउंदै उक्त घटनाको बिरोध गरेका हुन ।

    उक्त घटनाका आयोजक राजाबादीहरुलाई तत्काल कारावाही गर्न र मृतक पत्रकारको परिवारलाई उचित क्षतीपूर्ति उपलब्ध गराउन, मिडिया आउसहरुमा भएको भौतिक क्षतीको क्षतिपूर्ति दिन माग  गरिएको छ ।

    नेपाल पत्रकार महासंघको ७० औं स्थापनामा दिवसलाई विरोध सभाको रुपमा मनाइएको हो । बुटवलमा नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मौन जुलुस सहित क्यामेरा र पेन डाउन गरेर कोणा सभा समेत गरिएको छ ।  महासंघको भवनबाट निकालिएको मौन जुलुस जेसीज चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    उक्त कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले राजावादीहरुको आन्दोलनले गणतान्त्रिक व्यवस्था परिवर्तन हुन नसक्ने बताए । उनले अराजकहरुले अनावश्यक हल्ला गर्दै पत्रकारलाई हत्या गरेर स्वतन्त्र प्रेसमाथि हमला गरेको घटना निन्दनीय भएको बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले निर्दोष पत्रकारको हत्या गरेर गाणतन्त्र कमजोर नहुने बताउंदै पत्रकार शुरेस रजकलाई उचित क्षतीपूर्ति दिन र दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरे ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागार्इंले वलिदान दिएर ल्याएको लोकतान्त्रिक गणतन्त्र र पे्रस स्वतन्त्रताको बिरोध गर्ने राजावादीहरुलाई कारवाही गर्नुपर्ने बताए ।

    प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेलले जनताले सदाका लागि फालेका, जनता, संगठन र एजेण्डा केही नभएका राजावादीहरुलाई गणतन्त्र र पे्रस स्वतन्त्राको बिरोधमा बोल्न पनि छुट नभएको बताए ।

    कार्यक्रममा पे्रस युनियन रुपन्देही सभापति कविन्द्र नेपाल, पे्रस चौतारी नेपाल रुपन्देही अध्यक्ष भगवती पाण्डेय, समाजवादी पे्रस संगठन रुपन्देही अध्यक्ष विनोद परियार, पे्रस सेन्टर रुपन्देहीका ओम पंगेनी, जनपत्रकार संगठनका रुपन्देही अध्यक्ष विनोद खनाल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसी लगायतले बोल्दै पे्रस स्वतन्त्रताको हनन् गर्दै पत्रकारको हत्याको घटना जघन्य अपराध भएको बताउंदै आन्दोलनको आयोजक राजावादहीहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेयले अराजक जत्थाको पक्षमा नेपाली पत्रकारिता कहिले पनि नभएको भन्दै प्रेस स्वतन्त्रताको पक्षमा लाग्नको लागि सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा महासंघ रुपन्देहीका सचिव  सीपी खनालको सञ्चालनमा भएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation