
बुटवल,१६चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो राष्ट्रिय महाधिवेशन आउँदा यही चैत २३ गते (५अप्रील)मा भैहवामा हुदै छ ।
गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गले महाधिवेशनमा काठमाडौं, पाल्पा, कपिलबस्तु, नवलपरासी ,रुपन्देही देखि सबै लायन्स क्लब र लियो क्लबहरुबाट गरी १ हजार बढी सहभागी हुने जानकारी दिए ।
महाधिवेशन तयारीका लागि एरिया चिफ अभिनय मयुर कसौधनको संयोजकमा मूल समिति गठन गरिएको छ ।
महाधिवेशनबाट लायन्स वर्ष २०२५÷२०२६ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिस्ट्रिक पदाधिकारीको चयन हुनेछ ।
शुक्रबार मनोनयन दर्ता गर्ने लागी बिहान ८ बजे देखि १२ बजे सम्म मनोनयन दर्ता रहेको थियो । जसमा २०२५ ÷२०२६ का लागी गर्भनरमा बालाराम भटट्राई, फष्टभिडिजी सन्दीप कसौधन सेकेन्ड भिडीजी मिना पन्थी र अनिल प्रसाद श्रेष्ठ को मनोनयन दर्ता भएको डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए । तेस्तै मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणा लाई इन्टरनेशनल डारेक्टररुपमा इन्डोस गएिको छ ।
लायन्स इन्टरनेशनल ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गको अध्यक्षमा हुने महाधिवेशनको महाअभियानमा सबैले साथ दिनुपर्ने आह्वान गरेका थिए । डिष्ट्रिकका सबै कार्यक्रम ऐतिहासिक र सफल भैरहेको बताउँदै यो महाधिवेसनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएको बताए ।
कार्यक्रममा मल्टीपलडिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणा, निर्वातमान गर्भनर अर्जुनमान शैजु, फष्टभिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडीजी सन्दीप कसौधन, पूर्व गर्भनरहरुक नवराज न्यौैपाने, सुनिल वझा, महेन्द्र नाराण श्रेष्ठ सेक्रेटरी एड्भाईजर, विनोद खरेल, फाईनान्सली एड्भाईजन दिनेश श्रेष्ठ, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एडभाइजर खेम हमाल ,एसिआइएफ कोडिनेटर अर्चित श्रेष्ठ, एव जिएट सवै पदाधिकारीहरु,गर्भनरका सद्भानादुतहरु पिआरओ एकादेव बस्याल ,एरिया चिफ कोडिनेटरहरु साथै एरिया ५ का रिजन जोन तथा डिष्ट्रिक महत्वपूर्ण पदाधिकारीहरुको उपस्थीता सम्पन्न भएको हो । यो महाधिवेसनसनमा उत्कृष्ठ र भव्य र शभ्य हुने लायन्सहरु सिर उच्च राख्ने गरी कार्यक्रम आयोजना गरिने डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।