‘भुइँमान्छे’ पुस्तक समीक्षा : कम्युनिस्ट आन्दोलनका बिर्सिएका नायकहरूको दस्तावेज

बुटवल १२ चैत। डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि मंगलबार गहन छलफल गरिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनमा तल्लो तहका कार्यकर्ताहरूको संघर्ष, त्याग र योगदानलाई केन्द्रमा राखेर लेखिएको पुस्तकलाई समीक्षकहरूले इतिहासको बिर्सिएको अध्याय पुनः लेख्ने प्रयासका रूपमा लिएका छन्।
समीक्षाको क्रममा वक्ताहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा सर्वसाधारण कार्यकर्ताहरूले खेलेको भूमिकालाई पुस्तकले सशक्त रूपमा उजागर गरेको बताए। उनीहरूले जनताको बलिदानबिना कुनै पनि आन्दोलन सफल नहुने तर्क राख्दै, इतिहास लेख्दा तल्लो तहका संघर्षशील पात्रहरूलाई उपेक्षा गर्न नहुने धारणा व्यक्त गरे।
कार्यक्रममा समीक्षक ऋषि आजादले भने, “कम्युनिस्ट आन्दोलनका सफलता नेताहरूको मात्र योगदान होइन, तर वास्तविक नायकहरू …