भारतीय मदिरा बरामद

  • बुटवल १२ चैत । रुपन्देहीको बुटवल बसपार्कबाट भन्सार छलिगरि नेपाल भित्र्याइएको २ लाख रुपैयाँ भन्दा धेरै मूल्यको भारतीय मदिरा प्रहरीले बरामद गरेको छ ।
    बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्कबाट वेवारिसे अवस्थामा प्रहरी बिट नयाँ बसपार्क बुटवलको टोलीले २० वटा कार्टुनमा राखिएको २ सय ४० सिसी भारतीय मदिरा वेवारिसे अवस्थामा बरामद गरेको हो ।
    बरामद गरिएको उक्त मदिरा २ लाख ४० हजार रुपैयाँ मूल्यको रहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी इन्द्रबहादुर रानाले रुपन्देहीको सिमावर्ती बेलहियाबाट बुटवल आएको एक यात्रुबाहक सार्वजनिक बसबाट प्रहरीले नियमित चेकजाँचको क्रममा उक्त मदिरा बरामद भएको बताए ।
    उनका अनुसार, बरामद भएको मदिरा भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ । यसवारेमा थप अनुसन्धान तथा सोधखोज जारी छ । अन्तःशुल्क इजाजात प्राप्त कम्पनी तथा फर्मले मात्र भन्सार तिरेर बिदेशी मदिरा आयात गर्न पाउने कानुनी प्रावधान छ । नेपाल भन्दा भारतमा सस्तो र अन्तःशुल्क समेत छली गर्न पाइने भए पछि अहिले भारतीय मदिरा तस्करी भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation