सांग्रिला प्लाई उद्योगमा आगलागी

  • दाङ १२ चैत। दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो।
    अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। उनका अनुसार हाल सात वटा दमकलले आगो निभाउने काम भइरहेको छ।
    दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ।
    प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation