लायन्स स्टार्सद्धारा मदिना मदरसा मस्जिद प्रबन्ध परिषदमा इफतार कार्यक्रम

  • बुटवल ,११ चैत । फागुन १८ आइतवारदेखि इस्लाम धर्मावलम्बी मुसलमानहरूको रमजान सुरु भएको छ । रमजानमा विश्वभरका मुसलमान रोजा (व्रत) बस्छन । लायन्स क्लब अफ बुटवल स्टार्सले रमजानका अवसरमा सामाजिक सद्भाव ,आपसी भाइचारा र सबै धर्म सस्कृती लाई सम्मान गर्दै क्लब मार्फत इफ्तार (व्रत तोड्ने बेलामा खाईने खानेकुरा) का लागि राहत (प्याकेट) मदिना मदरसा मस्जिद प्रबन्ध परिषदमा बुटवलमा करिब २ सय जनालाई बाँडिरहेको क्लबका सयोजक अब्दुल सलामतले बताए । सालामतले भने ‘यो सहयोग गर्ने महिना पनि हो ।’ रमजान महिनामा सक्षम र धनाढ्यहरूले असक्षम र विपन्नलाई आर्थिक सहयोगसमेत गर्छन् । ‘रमजान महिनामा गरिएको सहयोगको लाभांश बढी पाइन्छ,’ सलामतले भन्छन्, ‘त्यसैले सहयोग गर्नेहरूका लागि रमजान एउटा अवसर पनि हो ।’

    कार्यक्रमा डिस्ट्रीक सचिब माधब खनाल ,
    डिस्ट्रीक कोषाध्यक्ष प्रकाश श्रेष्ठ , जिएटी आशिष कृष्ण श्रेष्ठ, जोन चियर पर्सन एन्जिल खान पुर्ब अध्यक्ष बिजय बर्णवाल द्धितिय उपाध्यक्ष डि.एस. भट्टराई लगाएत उपस्थीत रहेको थियो । मदिना मदरसा प्रबन्ध परिषद बुटवलका अध्यक्ष हाजी सकुर मिया ले न्युन आय भएका परिवारमा पनि पवित्र रमजान महिनामा रोजामा सरिक हुदाँ इफ्तार उपलब्धताले सहज अवस्था निर्माणमा सहयोग पुर्याएको उनले बताए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation