इन्डस्ट्रियल वायरिङ र लेथ सेटर अपरेटर तालिम

  •  

    बुटवल  चैत ।

    रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल र मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि चैत १० गते देखि २४ दिने तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।

    बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम विभाग प्रमुख मानकाजी कुमालले  तालिमको सिकाईस्तर प्रभावकारी बनाउन बी.टी.आईको अधिकतम योगदान रहने प्रतिबद्धता जनाउनुहुँदै अहिलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सीप विकासको तालिमको महत्वपूर्ण योगदान रहेको बताए ।

    रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष  जीवकान्त काफ्लेले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर सिर्जना गर्न यस्ता तालिमले सहयोग पुर्याउने आशा राख्दै सिपयुक्त जनशक्तिको उत्पादन गर्न रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको बताए ।

    बुटवल टेक्निकल इन्स्टिच्युटकि तालिम प्रशिक्षक सन्तोष श्रेष्ठले प्रशिक्षार्थीहरूलाई तालिममा सक्रिय सहभागिता भई आफ्नो सिपमा निखारता ल्याउन आग्रह गरे । कार्यक्रममा रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी ,रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल, रूपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थी लगषयतले बोलेका थिए । बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम संयोजक मनोज भट्टराईका अनुसार कार्यक्रममा १८ उद्योगबाट ४० जनाको सहभागिता रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation