लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधरण सभा तथा अधिवेशन सम्पन्न

  • बुटवल १० चैत । लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ। बुटवल बेलभरीया स्थित डि एन डी बिबिक्युमा सम्पन्न अधिवेशनले लायन बर्ष २०२५ /२०२६ को लागि निर्वाचनको माध्यमबाट अध्यक्ष  दिवाकर पौडेल, प्रथम उपाध्यक्ष  धुर्व प्रसाद कोइराला , द्वितीय उपाध्यक्ष  बिष्णु प्रसाद सुवेदी र तृतीय उपाध्यक्ष  सागर अधिकारी चयन हुनुभएको छ।उक्त साधरण सभामा क्लवका अध्यक्ष  गोपाल खरेल , सचिव  मनोज गौतम र कोषाध्यक्ष  सन्जिव सुनारको प्रतिवेदन उपर छलफल भएको थियो।उक्त सभामा क्लबका सस्थापक अध्यक्ष  बिनोद सुवेदी पुर्व अध्यक्षहरु  उमानाथ अधिकारी ,  नवराज बन्जाडे, राम प्रसाद बेलबासे, निवर्तमान अध्यक्ष  इ गोबिन्द प्रसाद लामिछाने लगायतका क्ल्वका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो।उक्त सभाको अध्यक्षता क्लवका अध्यक्ष  गोपाल खरेल र सन्चालन सचिव  मनोज गौतमले गर्नुभएको थियो।।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation