
बुटवल, १० चैत । रसायन तथा मेडिकल आपुर्ति संघ नेपाल रुपन्देही शाखाले आउँदै गरेको नयाँ बर्षको पावन अबसरमा सस्थामा आबद्द ब्याबसायी सन्चालक र कर्मचारीहरु बिच लुम्बिनी इन्डोर कालिकानगरमा क्रिक्सल टुर्नामेन्ट कार्यक्रम गरेको छ । ६ टीम रहेको खेल ८–८ ओभरको रहेको थियो । प्रतियोगीतामा ६ वटा टिम सहभागी भएकोमा टीम हिलपार्क प्रथम र टीम जितगडीले दोस्रो स्थान हासिल गरेका थिए ।टुनामेन्टमा उत्कृष्ट खेलाडी अनुज ढकाल भए । कार्यक्रम सम्योजक राजिव गौतमको सम्योजकत्वमा भएको कार्यक्रममा खेलाडीहरुको अन्तरनितिह प्रतिभा संगै आपसी भाईचारा समेत कायमका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अध्यक्ष दीपक भट्टराई, केमसन केन्द्रिय सदस्य बिजय खनाल । सल्हाकार बिष्णु प्रसाद भण्डारी, ऋृषिराम अर्याल, लुकराज न्यौपानेको आतिथ्ष्ता रहेको थियो ।
कार्यक्रममा प्रथम उपाध्यक्ष दीपक खनाल को स्वागत तथा सचिब राजिव गौतमको सन्चालनमा भएको हो । । टीम सिद्धबाबा, टीम जितगडी, टीम फुलबारी, टीम हिलपार्क, टीम लुम्बिनी, टीम तिनाउ गरी जम्मा ६ टीम सहभागी थिए ।