मर्चवार प्रेस क्लब रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

  •  

     

    मर्चवार, ९ चैत्र । मर्चवार प्रेस क्लब, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले देशमा सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारले इमान्दारिताका साथ भ्रष्टाचारविरुद्ध कलम चलाए भ्रष्टाचारीको मनोबल कम हुनको साथै मुलुकमा पारदर्शीता कायम हुने विश्वास व्यक्त गरे । उनले भने–‘पत्रकार देशको चौथो अंग हुुन् । पत्रकारिता कमजोर भए देशको अवस्थामा पनि असर पुग्छ । केही पार्टी तथा व्यक्तिविशेष पत्रकारिताले निष्पक्ष पत्रकारीतामा असर पुगेको छ। कार्यक्रमका विशिष्ट अतिथि मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान कार्यसमिति सदस्य राम विकास चौधरीले बढदो आधुनिकताका साथ पत्रकारिताको शैलीमा पनि परिवर्तन आवश्यक रहेको बताए । उनले भने–‘छिटो सम्प्र्रेषण गर्ने नाममा अधुरो जानकारीसहितको समाचारले समाज र पत्रकारितालाई समेत नकारात्मक असर गर्छ ।

    त्यसैले पत्रकार र पत्रकारिता दुवैलाई प्रभावकारी बनाउन गरी समाचार लेखन जरुरी रहेको बताए ।क्लबको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबका अध्यक्ष हृदयराम गुप्ताले पत्रकारहरुको हकहितसँगै पत्रकारिताको मर्यादालाई पनि व्यवस्थित बनाउने बताए । ग्रामीण क्षेत्रमा पत्रकारितामा धेरै चुनौती रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा अझ सजक, जिम्मेवारी तथा लगनशीलताका साथ काम गर्नुपर्ने बताए । क्लबमा आबद्ध पत्रकारहरुको लेखनशैली, क्षमताको अभिवृद्धिसँगै व्यवसायिक पत्रकारीतालाई प्रवद्र्धन गर्ने अध्यक्ष गुप्ताले बताए। वार्षिक साधारण सभामा क्लबका कोषाध्यक्ष जैस मोहम्मद खानले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका सचिव मोहम्मद असलम खाँले कार्यक्रमको सञ्चालन गरेका थिए। मर्चवार प्रेस क्लब रुपन्देहीमा अध्यक्षमा हृदयराम गुप्ता, उपाध्यक्षमा सुमन कुमारी कलवार, सचिवमा मोहम्मद असलम खाँ, सह(सचिवमा सिताराम चौधरी, कोषाध्यक्षमा जैस मोहम्मद खान तथा सदस्य हरुमा दिपक कलवार, सुकई कुर्मी, दिनेश लोध, अवधेश विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation