२३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सुरु, पहिलो दिनको खेल हावाहुरीका कारण प्रभावित

  • बुटवल, चैत ।
    २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगीताको शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले १–० गोलको अग्रता लिएको थियो । यद्यपी हावाहुरीको कारण दोस्रो हाफको खुल सुरुभएको केही मिनेटमा नै स्थगीत भएको छ । पहिलो हाफमा खेलमा १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
    दोस्रो हाफ शुरु भएसंगै हावाहुरीका चलेपछि खेल रोकियो । लामोसमय मौसम प्रतिकुल भएपछि खेल स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष लोक पुनले बताए । खेल भोलि बिहान ८ बजे हुन्छ । आईतबार दिउसो चर्च ब्याईज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाण्डौका बिचमा हुने छ ।प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरि सरकारको खेल क्षेत्रमा लगानी गरेको बताए । राजधानी बाहिर देशकै उत्कृष्ट गोल्डकपका रुपमा रहेको यो प्रतियोगितालाई थप परिस्कृत गरेर संचालन गर्ने गरि आफु लाग्ने बताए । अर्को बर्ष देखि रातीमा समेत फुटवल खेल्न सकिने गरी तयारी गरिने मेयर पाण्डेयले बताएका थिए ।

    कार्यक्रममा अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation