पिएम कप बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित

  • दाङ,९ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । स्पिनर सूर्य तामाङले महत्वपूर्ण ५ विकेट लिएसँगै बागमती प्रदेशले कोशी प्रदेशमाथि सहजै जित निकालेको छ ।
    टस जितेर ब्याटिङ रोजेको बागमतीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रनको बलियो योगफल बनाएको थियो । बागमतीका लागि शुभ कंसाकारले २८ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । ओपनर आशुतोष घिरैयाले ४० बलमा ५ चौकाको सहयोगमा २९ रन बनाए । इशान पाण्डे र विपिन आचार्य समान २५ रनमा आउट हुँदा रिजन ढकाल २२ रनमा नटआउट रहे । सोनु देवकोटाले १८, सूर्य तामाङले १७ र गौतम केसीले १६ रन बनाए ।
    कोशीका लागि सुजन थपलिया र प्रकाश कार्कीले समान २–२ तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र फिर्दोश अन्सारीले १–१ विकेट लिए ।
    २ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ९ रनमै समेटियो । कोशीका अइस भट्टराईले ४९ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोडे । सुजन थपलियाले २५ र फिर्दोश अन्सारीले २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ ब्याटरले रनको खाता खोल्न सकेनन् । बागमतीका लागि सूर्यले ९ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए । यस्तै, रिजन ढकालले ३ र साकार गजुरेलले २ हात पारे ।
    जितसँगै बागमती ७ खेलमा ६ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । कोशी ७ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation