
रामपुर ७ चैत । रामपुर नगरपालीकास्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिमा राजन गौतम, सचिवमा विमल क्षेत्री, कोषाध्यक्षमा सच्चा रेग्मीसहित सदस्यहरु निर्वाचित भएका हुन्
सभापति पदमा अनेरास्ववियु र अखिल ९क्रान्तिकारी० संयुक्त प्यानलका गौतमले ३०१ र नेपाल विद्यार्थी संघ ९नेविसंघ० का कसम मल्ल ठकुरीले २६१ मत प्राप्त गरेका छन् । सचिव पदमा अनेरास्ववियुका विमल क्षेत्रीले २८२ मत ल्याउँदा नेविसंघका बन्दना गैरेले २७७ मत ल्याएकी थिइन् । कोषाध्यक्ष पदमा अनेरास्ववियुका सच्चा रेग्मीले २९९ मत ल्याउँदा नेविसंघका धनकला राना २५६ मत ल्याएकी थिइन् ।
सदस्यहरूमा अनेरास्ववियुका निरुता ढेंगा २६३, इन्द्र बहादुर सोति २६०, नेविसंघका सदिक्षा ढकाल २७३ शशी ढकाल २६०, सबिना भण्डारी २६१ विजयी भएका छन् । सदस्यका उम्मेदवारहरु भुवन न्यौपाने २५९, कमल सारु २५८, अनिता श्रेष्ठ २५९ र बसन्ती सुनारीले २५४ मत प्राप्त गरेका छन् ।त्यसै गरी स्वतन्त्रका निखिल सुनारले २०५ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले २९९ र नेविसंघले २७० मत प्राप्त गरेका छन् । मतगणनाका क्रममा मंगलबार राती केही मत गन्न बाँकी रहँदा स्थगित भएको मतगणना बुधबार साँझ पुनः गरिएको थियो । सर्वदलीय सर्वपक्षीय बैठकपश्चात् बेलुकी ८ बजेदेखि मतगणना कार्य पुनः सुरु भएको हो ।