मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्

  • दाङ,६ चैत्र ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गर्नुभएको छ । उहाँले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गर्नुभयो हो । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो भएको छ ।
    मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गर्नुभएको छ । साथै, परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण तथा व्यवस्थित वातावरण कायम गर्न प्रशासन र सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation