
काठमाडौँ ५ चैत्र। सत्तारुढ दल नेपाली कांग्रेसले सांविधान संशोधनमा पार्टीको आधिकारिक धारणा बनाउने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले खबर खातालाई जानकारी दिइन् ।
‘संविधान संशोधनमा पार्टीकै नेताहरूबाट फरक–फरक धारणा आइरहेका छन् । ती धारणालाई पार्टीको संस्थागत धारणा भनेर कतिले भनिरहेका पनि छन् । तसर्थ संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय भएको छ । पार्टीले आधिकारिक धारणा बनाएपछि त्यही धारणालाई ल्याएर कांग्रेसले अन्य पार्टीहरूसँग संशोधनबारे छलफल गर्ने उनले बताइन् ।