मर्चवारीमा होलीमिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

  • मर्चवारी , २८ फागुन । रुपन्देहीको मर्चवारी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि होलीपर्वको शुभकामना अदानप्रदान तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले एउटै जोड मर्चवारी गाउँपालिकाको समग्र विकास समृद्धि होस् हामी सबै जनप्रतिनिधि, कर्मचारीवर्ग सकारात्मक सोचका साथ अगाडि बढेमा हुने कुरा बताएका थिए । गाउँपालिका भित्रका सबै जनप्रतिनिधि र कर्मचारी सकारात्मब सोचका साथ समय परिवर्तन अनुसार कार्य गरेमा अवश्य नै गाउँपालिकाको विकास र समृद्धि सम्भव रहेको भन्दै अध्यक्ष बरईले शुभकामना दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा मर्चवारी गाउँपालिकाका नी.प्रमुख प्रशासकीय अधिकृत फेकन शाहले पालिकाको काम गर्ने दौरानमा कही कमजोरी छ भने सुझावको अपेक्षा सहित शुभकामना मन्तव्य राखेका थिए।
    कार्यक्रममा मर्चवारी गाउँपािलकाका उपाध्यक्ष आशा सिंहले मर्चवारीको विकासमा हामी सबैको हातेमालो गरि अघि बढनु आवश्यक रहेको भन्दै शुभकामना मन्तव्य राखेकी थिइन्। कार्यक्रममा गाउँपालिका भित्रका सबै वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागितामा शुभकामना अदानप्रदान तथा होली मिलन कार्यक्रम सम्पन्न भएको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation