सकियो क्यान महासंघ रुपन्देहीको विटुसी समिट, ५ हजारले गरे अवलोकन

  • बुटवल  फागुन । कम्युटर एशोसीयसन नेपाल महासंघ (क्यान)रुपन्देहीको आयोजानमा देशमै पहिलो विटुसी समिटि बुटवलमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको समिटको सोमबार एक औपचारिक कार्यक्रम आयोजनागरी समापन गरिएको हो । २६ र २७ गते दुई दिन सम्म चलेको थियो ।
    सिद्धर्थ कटेजमा मिलनचौक मा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिटको समापन गरिएको हो । कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुनौना घिमिरे पाण्डेले देश विकासको लागि अव आईटी क्षेत्रमा लगानी गर्नुपर्ने बताईन् । पछिल्लो समयमा नेपालमा ३ तहको सरकार रहेपनि आशातित रुपमा सुचना तथा सञ्चार क्षेत्रमा फड्को मार्न नसकेको भन्दै डिजिटल देश निर्माणको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिईन् ।
    कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले रुपन्देहीले पहिलोपटक सुरुवात गरेको बीटुुसी समिटलाई देश भर विस्तार गर्नुपर्ने बताएका थिए ।उनले यसको लागि सिंगो क्यान महासंघले सकारात्मक रुपमा काम गरिरहेको भन्दै प्रसांसा समेत गरे ।
    कार्यक्रममा बुटवल उपमहानरपालिका सामाजिक परिचालन, अन्तर सरकारी तथा संघसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीले सूचना प्रविधीकोयुग अवको युग भएको बताए ।
    कार्यक्रममा क्यान महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष रञ्जीत कुमार गोदार, क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारी लगायतले आ आफ्नोभ नाई राखेका थिए ।
    कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीले समिटमा उत्साहजनक रुपमा सहभागीता भएको सबैलाई धन्यवााद दिएका थिए । समापन कार्यक्रममा स्पोन्सरका तर्फबाट बिभिन्न बाण्ड कम्पनिका प्रतिनिधिले सहभागिलाइ सहजीकरण गरेका थिए ।क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गरेका छन् ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation